Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

गोरखामा बालिका बलात्कार गरि गर्भवती बनाएर फरार पुरुष पक्राउ

गोरखामा बालिका बलात्कार गरि गर्भवती बनाएर फरार पुरुष पक्राउ


  • 8.8K
    Shares

    • images
    गोरखामा बालिका बलात्कार गरि गर्भवती बनाएर फरार पुरुष पक्राउ
    images

    गोरखा। जंगलमा निउरो टिप्न गएकी एक बालिकालाई बलात्कार गरि फरार भएका गोरखा नगरपालिका–८ गैरी चौताराका ६५ बर्षका तुलबहादुर थापालाई प्रहरीले आज पक्राउ गरेको छ । १४ बर्षिया बालिकालाई बलात्कार गरि भागेका थापालाई दिउँसो लुकीछिपी गोरखा प्रवेश गर्दै गर्दा गोरखा नगरपालिका–१३ स्थित मझुवा देउराली क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

    ‘घटनालाई उच्च प्राथामिकतामा राखेर निजको खोजी भईरहेको थियो, डिएपी दाहालले भन्नुभयो,‘ भारतमा पनि महामारी र लकडाउनका कारण निज नेपाल फर्किन सक्ने व्यहोराको गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रवेश गर्ने सिमा–नाकाहरुमा निजलाई पक्राउ गर्न सुरक्षाकर्मीहरु खटाईएको थियो ।’ मझुवा देउराली स्थित पुलमा शंकास्पद अबस्था हिडिरहेका बेला थापालाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो ।

    गएको २०७७ बैशाख ११ गते जंगलमा निउरो (तरकारी) खोज्न गएकी बालिकालाई ललाई फकाई नजिकैको गोठमा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएपछि उनि फरार हुदै आएका थिए । बलात्कारमा परेकी बालिका अस्वभाविक मोटाउदै गएपछि परिवारले शंका लागेर सोधपुछ गरि स्वास्थ्य परीक्षण गराउदा बालिका गर्भवती भएको खुलेपछि करिब ७ महिना घटना सार्वजानिक भएको थियो ।

    छोरी बलात्कारमा परेको थाहा पाएलगत्तै पिडितका बुबाले दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा जोहरी दिएपछि थापा जिल्ला छोडेर फरार भएका थिए । अनुसन्धानका क्रममा बालिकाको पेटमा ३० हप्ताको गर्भ रहेको पुष्टी भएपछि गर्भपतन समेत गराउन नमिल्ने भएकाले थ्रि एन्जल्स नेपाल पोखराको सहयोगमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएको माघ १० गते बालिकाले छोरालाई जन्म दिएकी छिन् ।

    पक्राउ परेका थापालाई कोरोना परीक्षणका लागि आजै स्वांब संकलन गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै जिल्ला अदालतमा उपस्थित गराइएको डिएसपी दाहालले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका थापा भागेर भारतको गया स्थित १ नम्बर घुम्ती भन्ने स्थानमा लुकीछिपी गाई फार्ममा गार्डको रुपमा काम गर्दै बसेको खुल्न आएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय भारतमा समेत कोरोना संक्रमण भयावह बनेपछि उनि त्यहाँ बस्न जोखिम भएकाले गोप्य रुपमा घर फर्कदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - २०:१७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij