Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

हिम स्टार ऊर्जाको शेयर आइतबारबाट कारोबारमा आउने

हिम स्टार ऊर्जाको शेयर आइतबारबाट कारोबारमा आउने


  • 218
    Shares

    हिम स्टार ऊर्जाको शेयर आइतबारबाट कारोबारमा आउने
    images

    काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको शेयर आउँदो आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

    हिम स्टार ऊर्जाको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइपीओ सूचीकृत भएको छ। कुनै पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने गर्छ। तर, भोलि शुक्रबार शेयर कारोबार नहुने भएकोले आउँदो आइतबारबाट कारोबारमा आउने भएको हो।

    नेप्सेमा हिम स्टार ऊर्जाको कुल ३७ लाख ३० हजार कित्ता शेयर सूचीकृत भएको छ भने जसमा संस्थापक समूहको २६ लाख ११ हजार कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूहको ११ लाख १९ हजार कित्ता रहेको छ।

    नेप्सेले हिम स्टार ऊर्जालाई ‘हिमस्टार’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९९.१७ रुपैयाँ र अधिकतम २९७.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

    हिम स्टार ऊर्जाले गत असार २४ गतेदेखि असार २७ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट असार ३२ गते धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालयमा गरिएको थियो।

     

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १२:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij