Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सामाजिक सञ्जालहरुलाई सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचिकरण हुन सरकारको आह्वान

सामाजिक सञ्जालहरुलाई सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचिकरण हुन सरकारको आह्वान


  • 1.6K
    Shares

    सामाजिक सञ्जालहरुलाई सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचिकरण हुन सरकारको आह्वान

    काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रुपमा आह्वान गरेको छ ।

    सोमवारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिएका छन्  । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने निर्णय भएको जानकारी दिएका छन् । 

    उनका अनुसार सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत भएको छ । उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणी सुवेदीले पेश गर्नु भएको स्वैच्छिक अवकाश स्वीकृत गरेको पनि बताएका छन्। 

     

    images
    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १८:२२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij