Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य


  • 449
    Shares

    • images
    फेरि बढ्यो अण्डाको मूल्य
    images

    काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको मूल्य फेरि बढाएको छ ।  सङ्घ कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार भोलिबाट लागू हुनेगरी अण्डाको मूल्य बढेको हो ।  

    अब फार्मबाट होलसेल मूल्य प्रति क्रेट ठुलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ प्रति क्रेट र सानो अण्डा ३ हजार रुपैयाँ  प्रति पेटी तोकिएको हो । उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ २ गोटाको ४५ रुपैयाँ तोकिएको छ ।

    यसअघि ४ भदौमा अण्डाको मूल्य बढाएर प्रति क्रेट ठुलो अण्डा ५३० रुपैयाँ तोकेको थियो । यस्तै मिडियम अण्डाको मूल्य ५१५ रुपैयाँ प्रतिक्रेट तोकिएको थियो । 

    सङ्घले चितवनबाट लोड भई देशभरिका अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी  १३० रुपैयाँ थप लाग्ने जानकारी गराएको छ ।

    539267062_2482523632147276_4052552665916353537_n_mU3W9Ow3b8.png

     

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १३:४१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij