२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २३ सय ६० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij