२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आर्थिक वर्ष २०८१\८२ मा नेपाल सरकारको वित्तीय स्थिति ४०४ अर्ब ४२ करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यो घाटा ३७९ अर्ब ३८ करोड थियो । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार बैंकिङ कारोबारमा आधारित सरकारी वित्तीय स्थिति यस वर्ष थप नकारात्मक भएको हो ।
तर, तीनै तहका सरकारको एकीकृत वित्तीय स्थिति भने सोही अवधिमा १३० अर्ब ७३ करोडले बचतमा रहेको प्रतिवेदनले देखाएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारको कुल खर्च १ खर्ब ५२ अर्ब ३११ करोड पुगेको छ ।
यसमध्ये चालु खर्च ९८० अर्ब ३८ करोड, पूँजीगत खर्च २२२ अर्ब ६८ करोड र वित्तीय व्यवस्था खर्च ३२० अर्ब ४ करोड रहेको छ ।यसैगरी, समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन १ खर्ब १७ अर्ब ८२ करोड पुगेको छ । यसमा कर राजस्व १ खर्ब ४९ अर्ब ८८ करोड र गैरकर राजस्व १२ अर्ब ८९ करोड रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij