२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र राष्ट्रपति रामचन्द्र पौडेल बिच शिष्टाचार भेटवार्ता भएको छ ।
उपराष्ट्रपति सुआन राष्ट्रपति पौडेललाई भेट्न सोमबार बिहान शीतलनिवास पुगेकी हुन् ।
उपराष्ट्रपति सुआन उपराष्ट्रपति राम सहाय यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि शनिबार यहाँ आइपुगेकी हुन् । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी सोमबार नै स्वदेश फिर्ता हुने तालिका छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij