२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको मूल्यसूची सार्वजनिक गरेको छ ।
आजको सूचीअनुसार सबैभन्दा महँगो पार्सले रहेको छ, जसको अधिकतम मूल्य प्रतिकिलो रु १,३०० तोकिएको छ । त्यसपछि माछा सुकेको प्रतिकिलो रु १,०००, सिताके च्याउ पनि प्रतिकिलो रु १,००० अधिकतम मूल्यमा तोकिएको छ ।
तरकारीतर्फ चमसूरको साग प्रतिकिलो रु ३००, पालुंगो साग रु १४०, ब्रोकाउली रु २८०, काउली (ज्यापु) रु १४०, गाजर (लोकल) रु १२५, च्याउ (डल्ले) रु ४५०, कुरीलो रु ४०० र घिउ सिमी ९लोकल० रु १३० सम्म पुगेको छ ।
फलफूलमा स्याउ (फुजी) अधिकतम रु ३२०, केरा प्रति दर्जन रु १५०, अनार रु ३६०, जुनार रु २५०, कागती रु १७०, किवी रु ४०० र आभोकाडो रु ३०० सम्म पुगेको छ ।
मसला र अन्य वस्तुमा लसुन सुकेको (चाइनिज) रु २२०, हरियो धनिया रु ४००, खुर्सानी हरियो (अकबरे) रु २५० र अदुवा रु १२० अधिकतम मूल्यमा पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij