Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्म छुट


  • 1.0K
    Shares

    सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्म छुट
    images

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटेलमा  २० प्रतिशतसम्म छुट पाइने भएको छ। सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्रा.लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो। 

    सम्झौता अनुसार माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा  २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

    यस सम्झौताले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

    बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई विभिन्न सेवामा छुट दिलाउनुका साथै नगद कारोबारलाई डिजिटल कारोबारमा रूपान्तरण गर्न सहयोग गर्नेछ। डिजिटल भुक्तानीको प्रवर्द्धनमार्फत सहज, सुरक्षित र पारदर्शी कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य पनि सम्झौतामा राखिएको छ। बैंकले यस किसिमका सहकार्यले आफ्नो सेवाग्राहीलाई थप सुविधा दिने विश्वास व्यक्त गरेको छ।

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १७:४०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij