Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एक वर्षको महँगी ४.०६ प्रतिशत, अघिल्लो वर्षको तुलनामा घट्यो

एक वर्षको महँगी ४.०६ प्रतिशत, अघिल्लो वर्षको तुलनामा घट्यो


  • 295
    Shares

    • images
    एक वर्षको महँगी ४.०६ प्रतिशत, अघिल्लो वर्षको तुलनामा घट्यो
    images

    काठमाडौं । आर्थिक वर्ष २०८१\८२ मा देशको महँगी दर ४ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कका अनुसार सो आर्थिक वर्षमा ४.०६ प्रतिशतको मुद्रास्फीति कायम भएको हो । गत आर्थिक वर्षमा यो दर ५.४४ प्रतिशत रहेको थियो । 

    अ‍ौसत मूल्यवृद्धि सो बराबर भए पनि असार महिनामा भने २.२० प्रतिशत मात्रै मूल्य बढेको छ । गत वर्ष यो दर ३.५७ प्रतिशत रहेको थियो । 

    यो अवधिमा तरकारी, घ्यु तथा तेल, गेडागुडी र खाद्यान्नमा उच्च मूल्यवृद्धि रहेको छ । मसला र माछा मासुको मूल्य भने घटेको देखिएको छ। मसलामा २.६२ प्रतिशत र मासुमा ०.३४ प्रतिशत मूल्य घटेको देखिएको हो ।

    गैरखाद्य वस्तु अन्तर्गत कपडा तथा जुत्ता चप्पलमा, मदिरा, फर्निचर तथा सुर्तीजन्य पदार्थमा बढी महँगी छ । यो अवधिमा पहाड र काठमाडौँ उपत्यकाको महँगी कम हुँदा हिमाल र तराई क्षेत्रमा महँगी दर ४ प्रतिशत भन्दा माथि छ ।

    प्रदेशगत रूपमा हेर्दा कोशी र सुदूरपश्चिम प्रदेशमा पाँच प्रतिशत भन्दा धेरैको मुद्रास्फीति रहँदा गण्डकी र कर्णालीमा सबैभन्दा कम महँगी भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १६:५९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij