Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एक महिनामा विदेशबाट १७४ नेपाली कफिनमा फर्किए

एक महिनामा विदेशबाट १७४ नेपाली कफिनमा फर्किए


  • 330
    Shares

    • images
    एक महिनामा विदेशबाट १७४ नेपाली कफिनमा फर्किए
    images

    काठमाडौं । काठमाडौं । वैदेशिक रोगजारीका लागि विभिन्न देशमा रहेका नेपालीहरूको मृत्यु कहालीलाग्दै बन्दै गएको छ । धन कमाउने र घर परिवारलाई सुखमा राख्ने सपना बोकेर जाने नेपालीहरू लाश बनेर बाकसमा आउने गरेका छन् । पछिल्लो एक महिनामा मात्रै १७४ जना नेपालीको शव विदेशबाट ल्याइएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार साउन महिनामा मात्रै १७४ जनाको शव नेपाल ल्याइएको हो ।

    भन्सार कार्यालयको तथ्यांक अनुसार हरेक दिन सरदरमा ४ देखि ५ जनाको शव आउने गरेको छ । कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, कतारलगायतका देशमा मृत्यु भएका नेपालीहरूको शव ल्याईएको हो ।

    वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीमा रहेका एक हजार २५५ जनाको मृत्यु भएको थियो । यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर मृत्यु भएपछि बोर्डबाट आर्थिक सहायता प्राप्त गरेकाहरूको तथ्यांक हो ।

    प्रहरीले मुचुल्का उठाएर सम्बन्धित परिवारलाई बुझाएको तथ्यांक हेर्दा एक हजार ४०१ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/०८२ मा एक हजार ४५५ जनाको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १२:५३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij