२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो महिनामै नेपालमा करीब साढे ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएको छे ।
चालु आर्थिक वर्ष साउन महिना भित्र विभिन्न देशबाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरका १ लाख ९८ हजार ३३३ ओटा स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यस अवधिमा सबैभन्दा धेरै २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँको १ लाख ७५ हजार ८२९ ओटा स्मार्टफोन चीनबाट आयात भएको छ । नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जीयम, हङकङ, जापान, थाइल्यान्ड, स्विजरल्यान्ड लगायत देशबाट स्मार्टफोन आयात हुने गर्दछन् ।
अघिल्लो आर्थिक वर्ष २०८१\८२ को सोहि अबधिमा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरका २ लाख २५ हजार १६३ ओटा स्मार्टफोन आयात भएको छ । यस अवधिमा सबैभन्दा बढी २ अर्ब रुपैयाँका १ लाख ५५ हजार ओटा स्मार्टफोन चीनबाट आयात भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij