Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दराजद्वारा उत्कृष्ट बिक्रेता सम्मानित, सातौँ बिक्रेता सम्मेलन सम्पन्न

दराजद्वारा उत्कृष्ट बिक्रेता सम्मानित, सातौँ बिक्रेता सम्मेलन सम्पन्न


  • 1.1K
    Shares

    • images
    दराजद्वारा उत्कृष्ट बिक्रेता सम्मानित, सातौँ बिक्रेता सम्मेलन सम्पन्न

    काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो सातौँ वार्षिक बिक्रेता सम्मेलन सम्पन्न गर्दै उत्कृष्ट बिक्रेता तथा साझेदारहरूलाई सम्मान गरेको छ।

    ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘ह्याप्पी सेलिङ’ नारासहित आयोजित उक्त कार्यक्रममा देशभरबाट ४७० भन्दा बढी बिक्रेताहरूको सहभागिता रहेको थियो।

    सम्मेलनको मुख्य उद्देश्य बिक्रेताहरूको योगदानको कदर गर्ने, उनीहरूलाई थप सशक्त बनाउने र व्यापार विस्तारका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउनु रहेको कम्पनीले जानकारी दिएको छ । 

    कार्यक्रममा बोल्दै दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले दराजको सफलताको मुख्य आधार बिक्रेताहरूको समर्पण र लगनशीलता भएको बताए।

    सम्मेलनमा विभिन्न २२ विधामा उत्कृष्ट बिक्रेता तथा एफिलिएटहरूलाई पुरस्कृत गरिएको थियो। यस वर्षको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२५’ को उपाधि ‘वान प्लस’ ले जितेको छ।

    त्यसैगरी, ‘मेड इन नेपाल अवार्ड’ बाट ‘त्रिकाय’ र ‘टप एसएमई सेलर अवार्ड’ बाट ‘स्मार्ट च्वाइस एनपी’ सम्मानित भएका छन्।

    दराजले आफ्ना बिक्रेताहरूको दिगो विकासमा सहयोग गर्दै नेपालको ई(कमर्स क्षेत्रलाई थप बलियो बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - ११:०९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij