Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सानिमा रिलायन्स लाइफको करिब साढे १३ लाख कित्ता शेयर बिक्रीमा

सानिमा रिलायन्स लाइफको करिब साढे १३ लाख कित्ता शेयर बिक्रीमा


  • 1.5K
    Shares

    सानिमा रिलायन्स लाइफको करिब साढे १३ लाख कित्ता शेयर बिक्रीमा
    images

     काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको करिब साढे १३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको १३ लाख ४७ हजार ५८८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    यसअघि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिएको हो।

    इच्छुक लगानीकर्ताले १५ दिनभित्र अर्थात भदौ १९ गतेसम्म शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - १५:१८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij