Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

प्रोफेसनल होल्डिङ्स्को २०औँ वार्षिक साधारण सभाबाट बोनस शेयर र नगद लाभांश परित

प्रोफेसनल होल्डिङ्स्को २०औँ वार्षिक साधारण सभाबाट बोनस शेयर र नगद लाभांश परित


  • 449
    Shares

    प्रोफेसनल होल्डिङ्स्को २०औँ वार्षिक साधारण सभाबाट बोनस शेयर र नगद लाभांश परित

    काठमाडौं । प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)का शेयरधनीहरुको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८१/८२ वार्षिक बार्षिक विवरण (२०८२ आषाढ मसान्तसम्मको वालसात र सोही मितिमा समाप्त आर्थिक वर्षको आय, व्यय विवरण, नाफा नोक्सान हिसाब, नगत प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु) पारित गरेको छ ।

    सभाले शेयरधनीहरूका लागि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा हुने वृद्धिलाई समेत सभाले अनुमोदन गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

    सभाले कम्पनीको जारी पूँजीको निश्चित प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रियाहरू पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ । यस निर्णयसँगै संस्थाले सर्वसाधारणमा शेयर निष्कासन गर्ने प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउँदै भविष्यका लागि नयाँ मार्ग प्रशस्त गरेको छ ।

    साथै, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा खर्च गर्ने गरी अनुदान प्रदान गर्ने लगायत अन्य विविध सामान्य तथा विशेष प्रस्तावहरू समेत सभाद्वारा परित भएको छ । यसै अवसरमा कम्पनीको सहायक कम्पनी युनिग्लोब हाईयर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडले पनि आ.व. २०८१/८२ का लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - ११:१२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij