Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

टीपीएस खारेजलाई अमेरिकी अदालतको मान्यता, ७ हजारभन्दा बढी नेपाली प्रभावित

टीपीएस खारेजलाई अमेरिकी अदालतको मान्यता, ७ हजारभन्दा बढी नेपाली प्रभावित


  • 302
    Shares

    टीपीएस खारेजलाई अमेरिकी अदालतको मान्यता, ७ हजारभन्दा बढी नेपाली प्रभावित
    images

    काठमाडौं । अमेरिकाको एक पुनरावेदन अदालतले आप्रवासीहरूको अस्थायी संरक्षित दर्जा (टीपीएस) खारेज गर्ने डोनाल्ड ट्रम्प प्रशासनको निर्णयलाई सदर गरेपछि ६० हजार प्रवासी प्रभावित भएका छन् । तीमध्ये अधिकांश नेपाल र होण्डुरसका छन् ।

    अमेरिकाले प्राकृतिक विपत्ति, युद्ध वा राजनीतिक अस्थिरताबाट प्रभावित देशका नागरिकलाई अस्थायीरूपमा बस्ने अनुमति दिन्छ । यसमार्फत उनीहरूले रोजगारी पाउने र निर्वासनबाट जोगिने व्यवस्था हुन्छ ।

    यो सुविधा नेपालबाट गएकाहरूले भूकम्प प्रभावितका रूपमा पाइरहेका थिए । यो खारेजीसँगै उनीहरू नेपाल फर्किने वा अर्को स्टाटस बदलेर बस्ने विकल्प रहेको छ । अदालतले ट्रम्प प्रशासनले टीपीएस अन्त्य गर्ने निर्णयलाई वैध ठहर गरेको छ ।

    यसअघि तल्लो अदालतले अस्थायी रूपमा रोक लगाएको थियो । अब निर्णयले नेपाली, होन्डुरस, एल साल्भाडोर र सूडानका हजारौं प्रवासीको भविष्य अनिश्चित बनाएको छ ।

    नेपालबाट भूकम्पपछि पुगेका ७ हजारभन्दा बढी नेपालीले टीपीएस दर्जाबाट अमेरिकामा बसोबास गरिरहेका थिए । यो फैसलासँगै उनीहरू रोजगारी, स्वास्थ्य बीमा, र कानुनी बसाइ अधिकार गुमाउने जोखिममा परेको सीएनएनले जनाएको छ ।

    मान वअधिकार संगठनहरूले यो कदमलाई “निर्दयी र अन्यायपूर्ण” भनेका छन् । यो फैसलापछि प्रभावित समुदाय र वकिलहरूले अमेरिकी सर्वोच्च अदालतमा पुनः अपिल गर्ने तयारी गरेका छन् ।

    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - १२:३४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij