Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै


  • 519
    Shares

    साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

    भुटानको थिम्पुमा आज (बुधबार) देखि सुरु हुने प्रतियोगितामा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

    यही भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोगजक भुटानसहित, नेपाल, भारत र बंगलादेश सहभागी छन् ।

    सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो ।

    नेपालले अन्य खेलमा भदौ १३ गते भारतसँग, ६ र १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका लागि नेपाली टोली सोमबार नै भुटान पुगेको छ ।

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - ०९:०४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij