Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता

नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता


  • 274
    Shares

    नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता

    काठमाडौं । नेपाल बैंक लिमिटेड र रिसोर्ट ओम अध्याय रिट्रिटबीच छुट सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

    रिसोर्ट ओम अध्याय मकवानपुरको थाहा नगरपालिका-१३ बज्रबाराहीमा छ । उक्त  सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकलाई ओम अध्याय रिट्रिटले प्रदान गर्ने रिसोर्टका विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।   

    सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र ओम अध्याय रिट्रिटको तर्फबाट बिक्री निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका छन् ।

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १७:४०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij