Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रुसको रियाजानमा कारखाना विस्फोट : २० जनाको मृत्यु, १३४ घाइते

रुसको रियाजानमा कारखाना विस्फोट : २० जनाको मृत्यु, १३४ घाइते


  • 302
    Shares

    रुसको रियाजानमा कारखाना विस्फोट : २० जनाको मृत्यु, १३४ घाइते

     काठमाडौं । रुसको रियाजान क्षेत्रको शिलोभ्स्की जिल्लामा अवस्थित एक कारखानामा भएको विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको र एक सय ३४ जना घाइते भएको क्षेत्रीय परिचालन मुख्यालयले जनाएको छ ।

    रुसी समाचार एजेन्सी (तास) का अनुसार घाइतेमध्ये ३१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने एक सय तीन जनालाई बाह्य बिरामीका रूपमा उपचार दिइएको छ । सम्बन्धित अधिकारीहरूले खोज तथा उद्धार कार्य अझै जारी रहेको बताएका छन् ।

    रियाजान क्षेत्र रसायन, धातु र प्लास्टिकसहितका धेरै ठूला औद्योगिक कारखानाको केन्द्र मानिन्छ । पछिल्ला दशकमा यहाँ अनेकौँ औद्योगिक दुर्घटना भएका छन् जसले ठूलो मानवीय क्षति र घाइते निम्त्याएका छन् । 

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १७:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij