२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू नेकपा एमालेको नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने बताइन् ।
आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गर्दै उनले पार्टीको हितका लागि काम गर्ने बताइन् । उनले भनिन्, म नेकपा एमाले नै हो। म एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो। म नेकपा एमालेको कार्यकर्ता हो।
उनले भनिन्, राजतन्त्र र गणतन्त्र फरक हो। राष्ट्रपति एउटा पद हो। यो आवधिक हुन्छ। जोसुकै पनि जनताको स(सहभागिताले निर्वाचित भएर आउन सक्छन्। उनीहरूको कार्यकाल सकिएपछि आफ्नो सामान्य जीवनमा फर्कन सक्छन्। पार्टीभित्र उनको भूमिका र केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको बताइन्। पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन, उनले भनिन्, सबै सदस्यहरूलाई सबै कुरा थाहा हुँदैन नि।
उनले थपिन्, म ४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको। विराटनगरमै मैले शपथ खाएको। राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको उनले स्पष्ट पारिन्।
गुट चलाएकोु आरोप लागेकोबारे सञ्चारकर्मीले प्रश्न गर्दा उनले प्रतिवाद गरिन्। मलाई गुट चलाउन आउँदै उनले भनिन्। मदन भण्डारी फाउन्डेसनबारे उठेका प्रश्नहरूको जवाफमा भने उनले पार्टीका नेताहरूलाई सोध्नु आग्रह गरिन्।
हालै कांग्रेस नेता डा। शेखर कोइरालासँग भएको भेटलाई सामान्य रूपमा लिनुपर्ने उनले बताइन्। उनले भनिन् , त्यो भेटेको कुरालाई यस्तो एकदमै ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij