Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शारीरिक सुगठन टोली सोमबार थाइल्यान्ड जाने

शारीरिक सुगठन टोली सोमबार थाइल्यान्ड जाने


  • 316
    Shares

    शारीरिक सुगठन  टोली सोमबार थाइल्यान्ड जाने

    काठमाडौं । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

    भदौ २ देखि ९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ८५ केजीमा ग्रेस महर्जन तथा महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    अफिसियलमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा प्रतापकाजी बरिया तथा सहयोगीमा प्रदीप अमात्य र सुनभ सुवेदी रहेका छन् ।

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् । 

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १४:४०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij