२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुनइखोलामा फेरि पहिरो खसेको छ । सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।
सडकमा ठुला ढुंगा खसेका छन् । सडक विभागसँगको समन्वयमा दुईवटा जेसिबीको सहायताले अवरोध पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,रामनगरका एसपी नरेश सुवेदीले बताए ।
ट्राफिक प्रहरीले काठमाडौंतर्फ आउने सवारीलाई जुगेडी र नारायणगढ तर्फ जाने सवारीलाई मुग्लिन बजारमा रोकेको छ । जोखिमपूर्ण भाग क्लियर गरेर मात्र सवारी सुचारु गरिने एसपी सुवेदीले जानकारी दिए ।
आज बिहान ८ बजे पहिरो पन्छाएर सडक खुलाए पनि पुनः पहिरो खस्दा अवरुद्ध भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij