Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार

सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार


  • 323
    Shares

    सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार

    सर्लाहीमा गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति आठ बजेर २० मिनेट जाँदा हरिपूर्वा नगरपालिका- ६ घर भएका ४० वर्षीय रामपुकार यादवलाई दुई जनाको संख्यामा आएका अपरिचित व्यक्तिले गोली हानेर हत्या गरेका हुन्।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार आफ्नै घरमा छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अपरिचित व्यक्ति आएर यादवमाथि गोली प्रहार गरेका थिए। मोटरसाइकल चढेर आएका ती मानिसले पेस्तोलबाट यादवको टाउकोमा गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन्। 

    गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै आफन्तले नजिकै रहेको महोत्तरीको सोनामा गाउँपालिकाको पर्सास्थित जानकी हेल्थ केयर पुर्याएका थिए। त्यहाँ पुर्याउनासाथ स्वास्थ्यकर्मीले यादवको मृत्यु भइसकेको पुष्टि गरेका हुन्। 

    गफ गरेर बसिरहेको ठाउँमा अकस्मात आइपुगेका दुई जना अपरिचित व्यक्तिले रामपुकार भनेको को भनेर सोधेर गोली प्रकार गरेका प्रत्यक्षदर्शीले बताएका छन्।। गोली प्रहार गरेपछि उनीहरु तत्कालै मोटरसाइकल चढेर भागेका थिए।  

    यादव केही समयअघिसम्म शिक्षण पेसामा थिए। हिजो-आज भने उनी खेती किसानी गरेर घरमै बस्दै आएका थिए। उनलाई गोली प्रहार गर्नुका कारण भने खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी राईले बताए। 

    प्रकाशित मिति :श्रावण ३१ २०८२ शनिवार - ०६:०९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij