Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बालेननिकट खनालको चिया पसलमा पूर्वराष्ट्रपति भण्डारी, दश वर्षपछि पिइन् दूध चिया

बालेननिकट खनालको चिया पसलमा पूर्वराष्ट्रपति भण्डारी, दश वर्षपछि पिइन् दूध चिया


  • 1.1K
    Shares

    • images
    बालेननिकट खनालको चिया पसलमा पूर्वराष्ट्रपति भण्डारी, दश वर्षपछि पिइन् दूध चिया

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी शुक्रबार झण्डै एक घण्टा शंखमुलस्थित एक क्याफेमा पुगिन् । युवा अभियन्ता केपी खनाल सञ्चालक रहेको उक्त ‘चियादानी’ नामक क्याफेमा साढे ५ बजे पुगेकी भण्डारीले ५० मिनेटभन्दा बढी समय बसेर उद्यमको बारेमा गफ गरिन् । 

    भण्डारीले सञ्चालक खनालसँग नयाँ पुस्ताको चासो र सरोकारको बारेमा सोधेकी थिइन् । युवाको भिड लाग्ने उक्त क्याफेमा शुक्रबार साँझ पनि बाक्लो घुइँचो थियो । सीमित समर्थकको साथमा पुगेकी भण्डारीले दुई कप दूध चिया र पकौडा खाएकी थिइन् ।

    समर्थक र केही सञ्चारकर्मीबाट घेरिएकी भण्डारीले भेट गर्न आउने र जिज्ञासा राख्नेसँग भलाकुसारी गरेकी थिइन् । उनीसँग सेल्फी लिनेहरू झुमिएका थिए । 

    दश वर्षपछि पिइन् दूध चिया

    माटोबाट बनेको कपमा चिया  पिएकी भण्डारीले सञ्चालक खनालसँग गफिँदै स्वादको प्रशंसा गरिन् । ‘तपाईंको धेरै नाम सुनेकी थिएँ । आज आउने मौका जुर्‍यो, यो चिया निकै मीठो रहेछ,’ भण्डारीले भनिन् । आफूले एक दशकदेखि दूधको चिया नपिएको बताउँदै उनले थपिन्, ‘आज दश वर्षपछि पहिलो पटक चिया पिएकी हुँ ।’

    क्याफेमा पाउने खाद्यान्नका परिकारबारे सोध्दै उनले पकौडाप्रति रुचि दर्शाएकी थिइन् । चिया र पकौडा पकाउने क्याफेका कर्मचारीसँग एक–एक गरी तस्वीर लिने समय दिइन् । भण्डारीले व्यवसाय सञ्चालको अप्ठ्यारो र सजिलोबारे खनालसँग जिज्ञासा राखेकी थिइन् । जवाफमा खनालले स्वदेशमै उद्यम गर्ने नवयुवाहरूलाई थप प्रोत्साहनको खाँचो रहेको औँल्याए । भण्डारी सवा ६ बजे चियादानीबाट बिदा भइन् । 

    बालेन निकट खनालको भेट

    खनानल तिनै युवा हुन्, जो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका निकट मानिन्छन् । उनी सामाजिक सञ्जालमा युवामाझ परिचित छन् भने सफाइ अभियन्ता बनेर देशभर विभिन्न कार्यक्रम गरिरहन्छन् ।  खनाल र बालेनबीचको निकटपन प्रायः सार्वजनिक हुने गर्दछ । त्यसो त यसअघि भंगालस्थित निवासमै पुगेरै बालेनले भण्डारीसँग भेटघाट गरिसकेका छन् । युवा उद्यमीबीच भेटघाट सुरु गर्न भण्डारीले तिनै खनालको क्याफेबाट सुरु गर्दा धेरैले चासोका साथ हेरेका छन् । 

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - २१:३८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij