Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • 603
    Shares

    पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनले आर्जन गरेको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको भन्दै आयोगले विहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको छ । त्यसैले उनीविरुद्ध सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख। समेतका प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ आशा कुमारी यादवलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जानकारी दिएको छ । 

    पर्यटन विभागका निर्देशक (सी.डी.ई.) यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

    यादवको शुरू नियुक्ति भएको मिति २०६६ जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको जाँच अवधिमा उनको र उनको एकाघर परिवारका सदस्यहरूले कूल।२ करोड ६८ लाख १८ हजार ९ सय रुपैयाँ ७२ पैसा आर्जन गरेको देखिएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ ।

     

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १७:४०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij