Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सरकारले बढायो वर्षे धानको न्यूनतम समर्थन मूल्य, कुनको कति ?

सरकारले बढायो वर्षे धानको न्यूनतम समर्थन मूल्य, कुनको कति ?


  • 617
    Shares

    सरकारले बढायो वर्षे धानको न्यूनतम समर्थन मूल्य,  कुनको कति ?
    images

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको हो । 

    गत वर्ष वर्षे धानको लागि मोटा धानको ३ हजार ४१०  र मध्यम धानको ३ हजार ५८० रुपैयाँ तोकेको थियो ।  यसअघि सरकारले फागुन २९ गते चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

    जसअनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको थियो । 

    यस्तै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरेको थियो ।

     

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १२:३५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij