२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । साताको पाँचौं कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय ४० रुपैयाँ कायम भएको छ भने हिजो चाँदी २३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij