२०८२ श्रावण २९ गते बिहिवार
काठमाडौं । अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलन तत्काल नछुट्ने भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
तर उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरको मुद्दा भएकाले भक्तपुर पठाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij