२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रवि बोम्जन र फुलमाया खत्री रहेका छन्। फुलमायाले अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशहरूमा पठाइदिने भन्दै ११ जनाबाट ५१ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूले पीडितलाई लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनीहरू माथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij