Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

समाचार

सुनसरी दुर्घटना अपडेट: मृतकको संख्या ४ पुग्यो, २० घाइतेको उपचार हुँदै

सुनसरी दुर्घटना अपडेट: मृतकको संख्या ४ पुग्यो, २० घाइतेको उपचार हुँदै


  • 778
    Shares

    • images
    सुनसरी दुर्घटना अपडेट:  मृतकको संख्या ४ पुग्यो, २० घाइतेको उपचार हुँदै
    images

    काठमाडौं ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् ।

    सुनसरीको भोक्राहा-नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो झमबार बिहान  ठोक्किएको थियो ।

    दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको  उपचारको क्रममा मृत्यु भएको हो । मृतक तीन जनाको पहिचान भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो । अर्का मृतक विराटनगरका अशोक यादवको भएको खुलेको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन ।

    घाइतेको विवरण

    १, मोरङ सुन्दरहरैँचा नगरपालिका– ९ का अम्बिका राई ।

    २, खोटाङ रावावेसि गापा– २ बस्ने  निरुता परियार ।

    ३  खोटाङ रावावेसि गापा– २ का ३८ वर्षीय निर्मल परियार ।

    ४,सप्तरी मन्धेव गापा– ६ बस्ने  रबिन्द्र प्रसाद मण्डल ।

    ५,उदयपुर चौदण्डिगढी नगरपालिका– ५ का ५० वर्षीया रेनुका श्रेष्ठ ।

    ६ झापा शिबसताक्षी नगरपालिका– ५ का ३८ वर्षीय खगेन्द्र थापा

    ७,भद्रपुर नगरपालिका– ९ का ५३ वर्षीयको सन्तोष खत्री ।

    ८, उदयपुर बेलस्रोत नपा– १ का २० वर्षीय दिपक बिक ।

    ९, ईलाम चुलाचुली  गापा– ३ का ३६ वर्षीय सविन राई ।

    १० सप्तरीका रविन्द्र मेहता ।

    ११,  सप्तरीका ६८ वर्षीय जिवछ महात्मा ।

    १२, खोटाङ हलेसी तुवाचुङ नपा १० का  ८४ वषीय नेत्रलाल गिरी ।

    १३ नेत्रलाल गिरीको छोरा ३९ वर्षीय केदार गिरी

    १४,झापा अर्जुनधारा नपा १ साजनटारका सत्य राई ।

    १५, सप्तरी राजविराज– ६ का प्रकाशकुमार रायको छोरा  १० वर्षीय रुद्र राय

    १६, मोरङ विराटनगर– १० का ४८ वर्षीया सोभा यादव ।

    १७, सप्तरी राजविराज– १२ का ४४ वषीृय प्रमोद रजक  ।

    १८, सप्तरीकै तिलाठी– ५ का २२ वर्षीय रवि राय ।

    १९, सप्तरी राजविराज– २ का २४ वर्षीय भोला यादव

    २०,सप्तरी राजबिराजका ३५ वर्षीय प्रदिप यादव ।

    २१,  सुनसरी कोशी गाउँपालिका–– ०६ श्रिपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास

    २२,   सप्तरी डाक्नेश्वरी– ३ का ३० वर्षीया अमृता राय

    २३, सप्तरी राजविराज– ४ का २१  वर्षीय सन्तोष बास्तोला ।

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १२:३०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij