Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते

सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते


  • 1.0K
    Shares

    • images
    सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
    images

    काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा बस र विङ्गर एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु, १६ जना घाइते भएका छन् ।

    काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको विङ्गर सोमबार बिहान ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    मृतकहरूको सनाखत बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन् । घाइतेहरूको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् । 

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - ०९:२६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij