२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भीमदत्त नगरपालिका-११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिएका छन् ।
उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका डीएसपी बोहराले बताएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खोजिरहेको बेपत्ता बालिकाहरूको खोजी भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij