२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबिच भेटवार्ता भएको छ ।
खनाल निवास डल्लुमा दुई नेताबिच अहिले भेटवार्ता भइरहेको खनालको निजी सचिवालयले जनाएको छ ।
भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ । खनाल र श्रेष्ठ वामपन्थी एकताको पक्षमा उभिँदै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij