२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । कञ्चनपुरस्थित महाकाली नदीमा आइतबार नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्। जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार भीमदत्त नगरपालिका-११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुन्।
उनीहरू दुवैको उमेर अन्दाजी ६/७ वर्ष छ। उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए। जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij