Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

क्रिकेट रङ्गशालाको निर्माण निर्धारित समयमा पूरा हुनुपर्छ: प्रचण्ड

क्रिकेट रङ्गशालाको निर्माण निर्धारित समयमा पूरा हुनुपर्छ: प्रचण्ड


  • 841
    Shares

    क्रिकेट रङ्गशालाको निर्माण निर्धारित समयमा पूरा हुनुपर्छ: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् । 

    आज रङ्गशालाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिएका छन्। रङ्गशाला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरेका छन्। उनलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इन्जिनियर सन्तोष आचार्यले रङ्गशालाको प्रगति बारेमा जानकारी गराएकी थिए । 

    हालसम्म ३० प्रतिशत भौतिक भएको जानकारी दिइन् । भरतपुर महानगरपालिका-१५ मा सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माणाधीन छ ।

    रङ्गशाला २०८३ पुस २२ गते सम्ममा निर्माण पूरा गर्ने लक्ष्य छ । रङ्गशालाको निर्माण लागत  ७८ करोड ५० लाख ९१ हजार छ । 
     

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १३:१०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij