Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नाइमा एक्स्पोको समय थपियो, ५० भन्दा बढी ब्रान्डको सहभागिता

नाइमा एक्स्पोको समय थपियो, ५० भन्दा बढी ब्रान्डको सहभागिता


  • 694
    Shares

    नाइमा एक्स्पोको समय थपियो,  ५० भन्दा बढी ब्रान्डको सहभागिता
    images

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को समयावधि थप भएको छ । 

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको उक्त एक्स्पोको अवधि सोमबारसम्म थप भएको हो । बुधबार सुरु भएको उक्त एक्स्पो यसअघि आइतबारसम्म चल्ने उल्लेख गरिएको थियो । 

    नाइमाले एक्सपोमा अपेक्षाभन्दा बढी दर्शकको आगमन भएको र यसले प्रदर्शनीस्थलमा रौनकता छाएको दाबी गरेको छ । पाँच दिन खुल्ने भनिए पनि अवलोकनकर्ताको मागलाई सम्बोधन गर्न गाह्रो भएपछि एक दिन प्रदर्शन अवधि थप गरेको हो ।

    नाइमाले प्रदर्शनीको दिनमध्ये शनिबार सबैभन्दा धेरे अवलोकनकर्ता आएको समेत जानकारी दिएको छ । अरू दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता नाइमाले जानकारी दिएको छ । 

    प्रदर्शनीको पहिलो ४ दिनमा ६९ हजार ५०० जनाले अवलोकन गरेको नाइमाले जानकारी दिएको छ भने त्यसमध्ये पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५००, तेस्रो दिन १९ हजार ५०० र चौथो दिन शनिबार २१ हजार ५०० अवलोकनकर्ताले एक्स्पोमा सहभागिता जनाएको नाइमाको तथ्याङ्कमा उल्लेख रहेको  छ । एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी रहेका छन् ।

     

     

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १०:०९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij