Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

दुर्घटना

रामेछापमा जिप दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

रामेछापमा जिप दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते


  • 631
    Shares

    • images
    रामेछापमा जिप दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
    images

    काठमाडौं । रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी (डबलक्याप स्कारपियो जिप) दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको  घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिए । राधा स्वास्थ्यकर्मी हुन् ।

    दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई उत्तमको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए । हेटौंडा जान लागेको बिएससी ९४६३ नम्बरको स्कार्पियो गाडी आइतबार बिहान मन्थली-६ कुनौरीमा दुर्घटना भएको हो । गाडी सडकमा आएको पहिरोबाट तल खसेको छ ।

    त्यस्तै शनिबार रामेछापकै खाँडादेवी-४ मा पर्ने मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ना६त ९५९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय २५ वर्षीय दिनेश माझी छन् भने १५ वर्षीय विवेक माझी घाइते भएका छन् ।

     

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - ०९:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij