Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सप्तकोशीमा खतराको संकेतस्वरूप रातो बत्ती बल्यो, २८ ढोका खोलियो

सप्तकोशीमा खतराको संकेतस्वरूप रातो बत्ती बल्यो, २८ ढोका खोलियो


  • 953
    Shares

    • images
    सप्तकोशीमा खतराको संकेतस्वरूप रातो बत्ती बल्यो, २८ ढोका खोलियो
    images

    धरान । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । 

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४३० क्यूसेक पुगेको छ । 

    मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् । कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

    हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - ०६:२९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij