Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मनसुनको प्रभाव कायमै, आज यी भूभागमा भारी वर्षाको सम्भावना

मनसुनको प्रभाव कायमै, आज यी भूभागमा भारी वर्षाको सम्भावना


  • 792
    Shares

    • images
    मनसुनको प्रभाव कायमै, आज यी भूभागमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको जनाएको छ ।

    महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हल्का र थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराइ भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भूभाग र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    प्रकाशित मिति :श्रावण २४ २०८२ शनिवार - ०७:२७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij