२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ ।
दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए ।
उनीहरु सँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो । १९ जनालाई भने परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्ने हिरासतमा रहनेहरूमा चक्रेसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन् ।
मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij