२०८२ भाद्र १६ गते सोमवार
काठमाडों । नेकपा (एमाले)का नेता महेश बस्नेतले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ नौटकी सुरु गरेको बताएका छन्। उनले ‘नमागिएको धरौटी’ तिर्न अग्रसर भएसंगै सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको बस्नेत बताउँछन्।
‘रवि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ प्रयोग गर्दै कानुनी चातुर्य प्रदर्शन गर्न खोजेका छन्,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर जनताको नजरमा यो न त नयाँ राजनीति हो, न नैतिक राजनीति हो, यो त ‘नयाँ नौटङ्की’ हो।’
बस्नेतले जनताले तर्क हैन न्याय मागेको समेत सुनाए। ‘जनताले मागेको तर्क होइन, न्याय हो? अन्यायमा परेका पीडितहरूमाथि न्याय नदिएर बैंक धरौटीको सहारामा उम्किने प्रयासले अब रविको छवि झनै शङ्कास्पद बनेको छ,’ उनले लेखेको छन्, ‘अदालतलाई समेत भ्रममा पार्न बैंक ग्यारेन्टी को फण्डा त काम लाग्ला, तर जनतालाई चित्त बुझाउन न्याय दिन यो तरिका कहिल्यै सफल हुँदैन।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij