Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

४५ वटा कन्सल्टेन्सी बन्दसहित कारबाही गर्न प्रहरीलाई पत्राचार

४५ वटा कन्सल्टेन्सी बन्दसहित कारबाही गर्न प्रहरीलाई पत्राचार


  • 869
    Shares

    • images
    ४५ वटा कन्सल्टेन्सी बन्दसहित कारबाही  गर्न प्रहरीलाई पत्राचार
    images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले ४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै ४५ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरूलाई बन्दसहित कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको हो । 

    गत आइतबार तीन दिनभित्र शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति तथा सोसँग सम्बन्धी कागजातहरू पेस गर्न सूचना प्रकाशित गरिएको थियो । 

    तोकिएको समयभित्र कागजात पेस नगर्ने र पटक–पटक सूचना प्रकाशन गर्दा समेत आवश्यक कागजातहरू पेस नगर्ने ४५ संस्थाहरूलाई बन्द गर्न तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्राचार गरिएको हो । 

    जिल्लामा सय भन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको बताइएको छ।

    img1.jpg

    img_2.jpg

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - १५:३०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij