२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग १ लाख घुस लिएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले मेयरविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ को उदफा १ बमोजिम कैद सजाय र बिगोअनुसार जरिवाना हुनुपर्ने मागसहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
अनुसन्धानका क्रममा साहले सेवाग्राहीबाट १ लाख घुस लिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर देखिएको हो ।
उनका अनुसार अख्तियारले यस घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान पनि अघि बढाउने जनाएको छ । नगरप्रमुख साहले उक्त नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए ।
आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले साहलाई वडा नम्बर ६ मा सम्पन्न नाला निर्माण कार्यको भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत लिएको एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij