Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भिसाले नेपालमा खोल्यो कार्यालय, व्यवसाय प्रमुखको रूपमा मनोज थापा

भिसाले नेपालमा खोल्यो कार्यालय, व्यवसाय प्रमुखको रूपमा मनोज थापा


  • 694
    Shares

    • images
    भिसाले नेपालमा खोल्यो कार्यालय, व्यवसाय प्रमुखको रूपमा मनोज थापा
    images

    काठमाडौं । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी भिसाले काठमाडौंमा आफ्नो नेपाल कार्यालय औपचारिक रूपमा खोलेको छ । भिसाको नेपाल कार्यालयको उद्घाटनले नगदरहित अर्थतन्त्रतर्फको देशको यात्रालाई समर्थन गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई जोड दिन्छ । यो रणनीतिक कदमले डिजिटल भुक्तानीमा पहुँच फराकिलो पार्ने र उपभोक्ता र व्यापारी दुवैका लागि निर्बाध, सुरक्षित वित्तीय समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

    यसका साथै, भिसाले नेपाल प्रमुखको रूपमा श्री मनोज थापालाई नियुक्त गरेको घोषणा गरेको छ । आफ्नो नयाँ भूमिकामा, मनोजले स्थानीय साझेदारीलाई सुदृढ पार्ने र देशको आवश्यकताहरू पूरा गर्न सुरक्षित, नवीन डिजिटल भुक्तानी समाधानका कार्यलाई तीव्र पार्ने कुरामा केन्द्रित हुनेछन् । मनोजले भिसामा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन्।

    यस घोषणाको बारेमा टिप्पणी गर्दै भिसाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “हामी काठमाडौंमा एउटा कार्यालयको साथ नेपालमा भिसाको उपस्थिति घोषणा गर्न पाउँदा उत्साहित छौं । भिसाको नेतृत्व टोलीमा मनोजलाई स्वागत गर्न पाउँदा म पनि खुसी छु उनँको नियुक्तिले भिसाको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। एक सुरक्षित र सुलभ डिजिटल भुक्तानी पूर्वाधार निर्माण गर्ने भिसाको विश्वव्यापी दृष्टिकोणलाई रणनीतिक रूपमा अगाडि बढाउनेछ “ ।

    नेपालमा जन्मेका मनोजको युके र भारतमा भएका शैक्षिक र व्यावसायिक अनुभवहरूले विश्वव्यापी दृष्टिकोण बनाएका छ । उनले साना र मझौला उद्यमहरूलाई समर्थन गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन र दिगो सकारात्मक प्रभाव सिर्जना गर्ने विश्वसनीय सहकार्यहरू निर्माण गर्न प्रविधिको प्रयोग गर्न उत्साहित छन् ।

    भिसा, नेपालमा भुक्तानी र वित्तीय सेवा क्षेत्रमा एक दशकभन्दा बढी अनुभवी विज्ञता र सिद्ध नेतृत्वको धनी भएका मनोज  ल्याएका छन्। यसअघि, उहाँले फोनपेमा साझेदारी र नवप्रवर्तन प्रमुखको रूपमा काम गर्नुभएको थियो, जहाँ उहाँले सीमापार भुक्तानी पहलहरूको नेतृत्व गर्नुभएको थियो र अन्तर्राष्ट्रिय तथा स्थानीय वित्तीय संस्थाहरूसँग प्रभावकारी गठबन्धन बनाउनुभएको थियो। त्यसअघि, भारतमा लिभक्विक टेक्नोलोजी प्रा. लि. मा वरिष्ठ व्यवसाय विकास प्रबन्धकको रूपमा, उहाँले कम्पनीको वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने व्यवसाय विकास प्रयासहरूको सफलतापूर्वक नेतृत्व गरेका थिए ।

    “नेपालमा डिजिटल भुक्तानी अपनाउने कार्यलाई तीव्रता दिने प्रयासको नेतृत्व गर्न भिसामा सामेल हुन पाउँदा म सम्मानित छु,“ मनोज थापाले भने। “नवप्रवर्तन र सुरक्षित कारोबार प्रति भिसाको प्रतिबद्धता डिजिटल रूपमा सशक्त नेपाललाई सक्षम बनाउने मेरो आकांक्षासँग मेल खान्छ र म अर्थपूर्ण प्रभाव सिर्जना गर्न तत्पर छु।”

    भिजा २०० भन्दा बढी देशहरू र क्षेत्रहरूमा उपभोक्ताहरू, व्यापारीहरू, वित्तीय संस्थाहरू, र सरकारी निकायहरू बीचको लेनदेनको सुविधा प्रदान गर्ने डिजिटल भुक्तानीमा विश्व अग्रणी संस्था हो।

     

     

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १५:४०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij