२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टीम काठमाडौं गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई नेपाल आइपुगेका छन् ।
एनपीएलका लागि प्रशिक्षक मोन्टी बिहीबार नेपाल आइपुगेका हुन् । दोस्रो सस्करणको एनपिएलको अक्सन आउँदो शनिबार हुँदैछ । अक्सन र टीमको अन्य तयारीका लागि मोन्टी नेपाल आएका हुन् ।
मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टीमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो ।
करण केसी मार्की प्लेयर रहेको काठमाडौंले दोस्रो संस्करणमा भीम सार्की, शाहब अलाम, दिपेश कँडेल, रशिद खान र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij