२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौं । जम्मु-कश्मीरको उधमपुर जिल्लामा बिहीबार केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) को गाडी सडकबाट चिप्लिएर नालीमा तीन जवानको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा १५ जना जवान घाइते पनि भएका छन्। १८७औँ बटालियनका यी जवान वसन्तगढबाट अपरेसन सकेर फर्किरहेका बेला बिहान १०:३० बजे कडवा क्षेत्रमा दुर्घटनामा परेका हुन्।
गाडीमा २३ जना थिए। भारतका केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समामार्फत दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij