२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । अफ लाइनमा पठाओ चलाएको आरोपमा प्रहरीले बालाजुको माछापोखरीबाट ७ जना राइडरलाई नियन्त्रणमा लिएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी र वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा टेक बहादुर अधिकारी, जीवन कुमाल, नारायण पुडासैनी, रामभक्त अर्याल, रोशन चेपाङ, केदार तिमल्सिना र कुलबहादुर गुरुङ रहेका छन् ।
अफलाइनमा पठाओ चलाउँदा यात्रुको ‘असुरक्षा’ हुने हुनाले उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij