Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, तत्काल हटाउन नसकिने

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, तत्काल हटाउन नसकिने


  • 652
    Shares

    • images
    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, तत्काल हटाउन नसकिने
    images

    काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने लमजुङको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा बिहीबार बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

    पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

    पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् । 

    इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको जानकारी दिए ।

     

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १०:३८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij