२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । साताको पाचौं कारोबारको दिन बिहिबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन आज बिहीबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
साथै, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । बुधबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij