Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपालमा पहिलोपटक एसियन पावरलिफ्टिङ च्याम्पियनसिप हुने

नेपालमा पहिलोपटक एसियन पावरलिफ्टिङ च्याम्पियनसिप हुने


  • 764
    Shares

    नेपालमा पहिलोपटक एसियन पावरलिफ्टिङ च्याम्पियनसिप हुने

    काठमाडौं । नेपालमा पहिलोपटक एसियन पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना गरिने भएको छ । आज बुधबार पत्रकार सम्मेलन गरी नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सले प्रतियोगिताबारे जानकारी गराएको हो ।

    यही साउन ३०, ३१ र आउँदो भदौ १ गते प्रतियोगिता आयोजना गरिने नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सले जानकारी दिएको छ । प्रतियोगिताका सबै खेल काठमाडौंको नेपाल पुलिस क्लब परिसरमा सञ्चालन गरिने भएको छ ।

    नेपाल, भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानसहित ६ राष्ट्रका १२० भन्दा बढी खेलाडीहरू प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगिता १६ तौल समूह (८ पुरुष, ८ महिला) र १२ उमेर समूह (६ पुरुष, ६ महिला) मा गरी १२८ समूहमा सञ्चालन हुनेछ।

    प्रतियोगितामा ओपन पावरलिफ्टिङ, डेड लिफटिङ, बेन्च प्रेस, बेन्च प्रेस एन्ड डेड लिफ्ट गरी चार विधामा प्रतिस्पर्धा हुने भएको छ  भने यी विधाअन्तर्गत १६ तौल र १२ उमेर समूहमा प्रतिस्पर्धा हुने छ ।

    तौलअन्तर्गत पुरुष र महिलातर्फ समान आठ समूह छुट्ट्याइएको छ भने उमेरअन्तर्गत महिला र पुरुषतर्फ समान ६ समूह छुट्ट्याइएको छ ।

    उमेर समूहमा ४० देखि ८४ वर्ष उमेर समूह सम्म हुनेछ भने यू-१८ (जुनियर) र यू-२३ (युथ) को पनि स्पर्धा हुनेछ । प्रतियोगितामा १७ महिलासहित ४९ नेपाली खेलाडीहरू सहभागी हुनेछन् भने हालसम्म ५२ भारतीय खोलडी सहभागी हुने पक्का भएको छ ।

    प्रतियोगितामा पदक विजेताहरूलाई मेडल, ट्रफी र आकर्षक उपहार, साथै ५ खेलाडीलाई १० लाख रुपैयाँ बराबरको एक वर्षे बीमा पुरस्कारस्वरूप प्रदान गरिनेछ । 

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १७:११:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij